अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ र भीरकोटमा गरिएको रक्तदानमा १३६ युनिट रगत संकलन

 
रेडियो आँधीखोला
वालिङ, १० कार्तिक ।
रोटरी क्लब अफ वालिङको आयोजनामा शनिबार वालिङमा रक्तदान कार्यक्रम गरिएको  छ । वालिङ सामुदायिक डायलाईसिस सेन्टर वालिङ १० फुलबारीमा गरिएको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । १२ जना महिला र १८ जना पुरुषले रक्तदान गरेका हुन् । नेपालीहरुको महत्वपुर्ण पर्वहरु, डेंगु महामारी जस्ता कारणले रक्तदानको कार्यक्रम कम हुँदा अहिले देशभर रगत अभाव भईरहेको छ। यसको प्रत्यक्ष प्रभाव वालिङ डायलाईसिस सेन्टरमा पनि परेको भन्दै रगतको अभावमा डायलाईसिस गराईरहनुभएका व्यक्तिहरुले पोखरा जाँदा पनि रगत अभाव भएका कारण अचानक शनिबार रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष गणेश राउतले बताउनुभयो । 
रक्तदानको उद्दघाटन ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख सरिता चापागाँई भारीले गर्नुभएको हो । रक्तदानको उद्दघाटन गर्दैै प्रमुख भारीले देशभर रगत अभाव भईरहेका बेला क्लबले यो रक्तदान कार्यक्रम गर्नु निकै सराहनीय कार्य गरेको बताउनुभयो । सम्मुनत समाज निर्माणका लागी यस्तै संघसंस्था र राज्यको सहकार्य भएमा संभव रहेको प्रमुख भारीले बताउनुभयो । कार्यक्रममा ंजिल्ला रेडक्रस सोसाईटी स्याङ्जाका सदस्य विष्णुप्रताप खांण, वडा प्रहरी कार्यालयका इन्पेक्टर सुजनबाबु विक, नेकपा एमाले वालिङ नगरकमिटिका अध्यक्ष शोभाकान्त पौडेल, नेपाली कांगे्रस भीरकोट नगरसभापति यामप्रसाद अधिकारी लक्ष्मणलगायतको सहभागिता थियो । 
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा संकलित रगत स्याङ्जा पठाईएको छ । क्लबका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन सचिव प्रकाश अधिकारीले गर्नुभएको थियो । 
यसैबीच उता नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसर पारेर शनिवार नेपाल तरुण दल स्याङ्जाले खुला रक्तदानको आयोजना गरेको छ । भीरकोट नगरपालिका १ स्थित बयरघारीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। रक्तदातालाई ब्याग हस्तान्तरण गर्दै गण्डकी प्रदेश पूर्वमन्त्री एवं नेपाल तरुण दल पूर्व केन्द्रिय सदस्य मेखलाल श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नुभयो । रगतदान जीवन दान भएकाले रगतदान गरेर पुण्य कमाउन पूर्वमन्त्री श्रेष्ठको सुझाव दिनुभयो । रगतदान पूर्व चिकित्सकिय परिक्षण एवं सुझाव लिएर मात्र रगतदान गर्नुपर्ने उहाको भनाई छ । रगतको अभाव भएको अवस्थामा तरुण दलले गरेको सामाजिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने उहाको भनाई छ । 
नेपाली कांग्रेसको भातृसंस्था समेत रहेको तरुण दलले १ सय ६ पिन्ट रगत संकलन भएको  जनाएको छ । संकलित सो रगत जिल्ला अस्पताल स्याङ्जा स्थित ब्लड बैंकमा राखिने र आवश्यकता अनुरुप आमनागरिकलाई उपलब्ध गराईने तरुण दल स्याङ्जाले जनाएको छ ।  कार्यक्रममा तरुण दलका उपसभापति रविन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव चन्द्र रानाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...