अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

बेलुका १० बजेसम्म मात्रै देउसीभैलो खेल्न स्याङ्जा प्रशासनको आग्रह

news

 
रेडियो आँधीखोला
वालिङ, १३ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बेलुका १० बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसीभैलो, नाँचगान कार्यक्रम सार्वजानिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित एवं अनुशासित रुपमा बेलुका १० बजेसम्म मात्रै खेल्न आग्रह गरेको हो । देउसीभैलो कार्यक्रम गर्दा एकआपसमा भाईचारा र आत्मीयता अभिवृद्धि तथा आआफ्नो संस्कृतिको संरक्षण हुने गरी अरुको धर्मसंस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपुर्ण रुपमा मनाउन भनिएको छ । 
 
त्यस्तै दीपावलीको अवसरमा बिजुली तथा मैनबत्ति जस्ता प्रज्वलनशील वस्तुको प्रयोग गर्दा सावधानीपुर्वक प्रयोग गर्न अचानक आगलागी भएमा नजिकको सुरक्षा निकायमा खबर गरी नियन्त्रण गर्न प्रशासनले आग्रह गरेको छ । सार्वजानिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा भीडभाड हुलहुज्जतजन्य गतिविधि तथा समाजमा अशान्ति सृर्जना एवं अशोभनिय क्रियाकलाप नगर्न नगराउन आग्रह समेत गरेको छ । त्यस्तै सवारी साधनको प्रयोग गर्दा छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न नगराउन भनिएको छ । 
 
विभिन्न बहानामा लामो तथा छोटो दुरीका सवारी साधन धनीहरुले यात्रुसंग बढी भाडा लिने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने, गरेको पाईएमा टोल फ्रि नम्बर १०० मा फोन गर्न प्रशासनले आग्रह गरेको छ । दीपावली मनाउने क्रममा प्रयोग हुने भुँईचम्पा, पटका, आतिसबाजी जस्ता बिष्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात ओसारपोसार र विक्रि वितरणमा रोक लगाईएको भन्दै यस्ता कार्य नगर्न समेत अनुरोध गरिएको छ । 
 
तिहार तथा दीपावलीको अवसरमा कानुन विपरित जुवातास, कौडा, लङगुरबुर्जालगायत पैसाको हारजित हुने खेल नखेल्न नखेलाउन आग्रह गर्दै बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वभाविक मुल्यवृद्धिजस्ता कार्य नर्गन नगराउन साथै म्याद गुज्रेका भाइमसला तथा उपभोग्य सामान खरिद विक्रि गर्न समेत रोक लगाएको छ । यस्ता निषेध गरीएका कुनै पनि कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत प्रशासनले चेतावनी दिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...