अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

बालशिक्षा निकेतनमा जनचेतनामुलक नाटक प्रर्दशन

news

रेडियो आँधीखोला,
वालिङ १७ कार्तिक ।
वालिङ ११ कागतीभञ्याङमा जनचेतनामुलक नाटक प्रर्दशन गरिएको छ । बालशिक्षा निकेतन आधारभुत विद्यालय वालिङ ११ गब्देको आयोजनामा जनचेतनामुलक नाटक तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । नेपालीहरुको महान चाड शुभदिपावली, नेपाल संवत तथा छठको अवसरमा जनचेतना मुलक सडक नाटक तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले यो नाटक समयसापेक्ष रहेको भन्दै यस्ता नाटकले समाजलाई सहि मार्गमा हिडाउँन सहयोग गर्ने बताउनुभयो । 
विद्यालयका विद्यार्थीहरुले लागूऔषध सम्बन्धी सडक नाटक प्रर्दशन गरेका थिए । पछिल्लो समय समाजमा हुने घटनाहरुसंग मिल्ने नाटक प्रर्दशनले प्रभावकारी भुमिका खेल्ने भन्दै यसलाई अझै परिमार्जन गरी देशव्यापी रुपमा अगाडि बढाउनुपर्नेमा सभापति अर्यालको जोड छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले विद्यार्थीको अभियनय तथा विद्यार्थीको कलाको प्रशंसा गर्दै हरेक समाज तथा हरेक विद्यालयमा यस्ता गतिविधि संचालन गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नेपाली कांगे्रस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनी, वडा सदस्य आनन्दकुमार खांणलगायतले कार्यक्रम निकै फलदायी रहेको बताउनुभयो । विद्यालयले नगर, जिल्ला हुँदै प्रदेशतहमा यो नाटकको प्रर्दशनी गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बताउनुभयो । अध्यक्ष अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक कृष्णप्रसाद पंगेनी र संचालन शिक्षिका सरस्वति पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरेका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...