अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको वासिङटन पोष्टको दाबी, युक्रेनमा युद्ध नबढाउन ट्रम्पको चेतावनी

news

 

  कात्तिक २६, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको वासिङटन पोस्टले दाबी गरेको छ ।

ट्रम्पको विजयी सुनिश्चित भएपछि नोभेम्बर ६ तारिख अर्थात् गएको बुधवार उहाँले पुटिनसँग कुराकानी गरेको स्रोतहरुलाई उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको छ । ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध नबढाउन चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यस्तै, युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई बेवास्ता नगर्न पनि ट्रम्पले पुटिनलाई आग्रह गर्नुभएको छ । ट्रम्पको चुनावी अभियानले भने पुटिनसँग कुरा गरेको समाचारमा कुनै टिप्पणी गरेको छैन ।

बीबीसीले ट्रम्पका सञ्चार निर्देशक स्टीवन चेङलाई टेलिफोन कुराकानीबारे पुष्टि गर्न खोज्दा स्पष्ट जवाफ नपाएको जनाएको छ । ‘हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोनको बारेमा टिप्पणी गर्दैनौँ ।’ चेङले भन्नुभएको छ ।

चुनावी अभियानको क्रममा ट्रम्पले आफू विजयी भएमा युक्रेन युद्ध एकैदिनमा समाप्त गरिदिने जिकिर गर्नुभएको थियो । तर राष्ट्रपतिमा निर्वाचित भएपछि भने उहाँले युक्रेन युद्धबारे बोल्नुभएको छैन । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...