अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

देशमा केहि छैन भनेर मात्रै हुँदैन ः पर्यटन मन्त्री बस्याल

 
रेडियो आँधीखोला
वालिङ, २७ कार्तिक ।
गण्डकी प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सरकारका केहि कमीकमजोरी भएपनि देशमा केहि छैन भनेर भ्रम सृजना गर्न नहुँने बताउनुभएको । सोमबार दुर्गाखिमा फाउण्डेसनको आयोजना तथा भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा वालिङमा भएको जिल्लास्तरीय वक्तित्वकला प्रतियोगिताका अवसरमा बोल्दै मन्त्री बस्यालले यस्तो बताउनुभएको हो । 
 
विधि र पद्धतिलाई गलत भन्न नहुँने भन्दै हिँजोका अवस्था फर्केर आज हेर्दा धेरै परिर्वतन भएका छन् । उतारचढाव व्यक्तिका जिवनमा आईरहने भन्दै आफ्नो कर्तव्य र अधिकार भुल्न नहुँने उहाँको भनाई थियो । वैदेशिक मोह बढिरहेको अवस्थामा यसलाई समाधान गर्नका लागी सबै एकजुट भएर लाग्नुपर्नेमा मन्त्री बस्यालको जोड थियो ।
 
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले भ्रष्टाचारीलाई किनारा लगाउनुपर्ने बताउनुभएको छ । सभापति अर्यालले भ्रष्टाचारीको कनुै पार्टी नहुँने भन्दै भ्रष्टाचारी आफ्ना स्वार्थमा लिप्त हुने भन्दै जुनजुकै पार्टीको भएपनि भ्रष्टाचारीलाई फाल्नुपर्नेमा जोड दिनुभयो । सरकारले भनेजस्तो काम गर्न नसकेको सबैले स्वीर्कानुपर्ने भएपनि देशमा केहि छैन् भनेर भ्रमित हुनुपर्ने अवस्था भने नरहेको सभापति अर्यालले बताउनुभयो । त्याग र बलिदानीका कारण प्राप्त लोकतन्त्र तथा प्रजातन्त्रलाई स्थापित गर्न सबै एकजुट हुनुपर्ने भन्दै यसका लागी सबै पहरेदार हुनुपर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान सांसद मोहन रेग्मी, नेकपा माओवादीका कल्पना अर्याललगायतले आफ्ना भनाई राख्नुभएको थियो । जिल्लाभरीका मावि तहबाट २८ जना विद्यार्थी प्रतिष्पर्धी सहभागि प्रतियोगितामा बढ्दो बैदेशिक आर्कषण, कारण र समाधान विषयमा विद्यार्थीले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगितामा पुर्णामत भवानी माध्यमिक विद्यालय वालिङका पोषकान्त लुईँटेल प्रथम, भानुभक्त आचार्य मावि गल्याका मन्जुश्री अधिकारी द्धितिय, बालोदय माविका विनिसा खनाल तृतिय र दहथुम माविका स्मारिका अर्याल र नेपाल राष्ट्र मावि गल्याङका लक्ष्मी पाठक सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः नगद २५ हजार, १५ हजार, ७ हजार ५ सय, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
 
प्रतियोगितामा डा तुल्सी खनाल, भेषजराज प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल र डा. शालिकराम सुवेदीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम दुर्गाखिमा फाउण्डेसका अध्यक्ष बेनिमाधव कँडेल गोपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भेषजराज प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले संचालन गर्नुभएको थियो । 
 
यसैगरी भोली भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाकोे साहित्यिक सम्मान एवम् रचना वाचन एवं साहित्यिक यात्रा गर्ने प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो । प्रतिष्ठानले कार्यक्रममा भेषजविन्दु पुरस्कार एवम् भेषजराज साहित्यिक सम्मान, समर्पण तथा ७८ औं नियमित रचना वाचन र साहित्यिक यात्रा गर्ने भएको हो ।
 
त्यस्तै मन्त्री बस्यालले अहिले सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनु भएको छ । आज सोमबार वालिङ उद्योग वाणिज्य संघद्वारा वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका माननीय मन्त्री बस्यालले समाजमा समस्याहरु धेरै छन्, त्यसको पहिचान गरेर काम गर्नुपर्छ र त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनु भएको हो ।
 
उहाँले भन्नुभयो, “देशमा सम्भावनाहरु धेरै छन्, गर्न सकिरहेका छैनौं । समस्या र सम्भावनाहरुको पहिचान गर्न आवश्यक छ । गण्डकी प्रदेशले आवश्यक नीति बनाउन लागिरहेको छ । समस्याको पहिचान र सम्भावनाहरुको खोजी गरेर लाग्न गण्डकी प्रदेश सरकार लागिरहेको छ ।”
 
व्याबसायिक क्षेत्रमा देशभर समस्या भएको उल्लेख गर्दै मन्त्री बस्यालले अहिलेको सरकारले समाधानका बारेमा प्रयत्न गरिरहेको बताउनुभयो । स्याङ्जा र पर्वत छिमेकी जिल्ला मात्र नभएर अत्यन्त निकटको सम्बन्ध रहेको भन्दै वालिङको विकास हुनु भनेको समग्र स्याङ्जा जिल्ला र पर्वतकोसमेत विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।
 
स्वागत तथा सम्मान कार्यक्रमका अवसरमा वालिङ उद्योग वाणिज्य संघको तर्फबाट व्यावसायीहरुका तिनै समस्यामा परेका व्यावसायीका समस्या समाधानको मागसहितको अनुरोध पत्रसमेत मन्त्री बस्याललाई हस्तान्तरण गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गान तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले र सञ्चालन सचिव पिताम्बर खनाल शुशिलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...