अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

हरिबोधनी एकादशीका अवसरमा आँधीखोलामा तोरण टांगियो

 
रेडियो आँधीखोला
वालिङ, २७ कार्तिक ।
धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा हरिबोधनी एकादशीका अवसरमा तोरण टांगिएको छ । हरिबोधनी एकादशीका अवसरमा वालिङ १३ शिवपार्वती मन्दिर त्रिवेणीधामदेखि पारी बरपिपल रोपण गरिएको स्थलमा तोरण टांगिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले आँधीखोला पवित्र भएको भन्दै आँधीखोलामा तोरण टांगिनु ऐतिहासिक रहेको बताउनुभयो । मन्त्री बस्यालले आँधीखोला तटमा रहेको शिवपार्वती मन्दिर परिसरमा रहेका भौतिक संरचना निर्माणका लागी साथै त्रिवेणीधाम आँधीगंगाको विकासका लागी प्रपोजल लिएर मन्त्रालयमा आउन आग्रह गर्नुभयो । 
नेपालमा धार्मिक तथा ऐतिहासिक संभावनाहरु प्रशस्त रहेको भन्दै यसको विकासमा सरकारी लागिरहेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष नमलाल डुम्रेले श्रवणकुमारसंग जोडिएकोे आँधीखोलामा तोरण टांग्न सकिन्छ भन्ने सेचतनाको विकास गरी यहाँको धार्मिक तथा पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा शिवपार्वती त्रिवेणीधाम मन्दिर पाठेखोलाका सल्लाहार सागर गैह्रेले पनि आफ्ना भनाई राख्नुभएको थियो । 
कार्यक्रम मन्दिरका अध्यक्ष दिपेन्द्र गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सँंस्थापक अध्यक्ष युवराज गौतम र संचालन सचिव यज्ञ पाठकले गर्नुभएको थियो । मन्दिरमा हरिबोधनी एकादशीका अवसरमा आँधीखोलामा तोरण टांगिएको यो पहिलो पटक भएको दावी गरिएको छ । 
आज मन्दिरले सामुहिक रुपमा स्थानीय युवराज गौतमको घरबाट एउटा, तिलप्रसाद खनालले जनैको तोरण र भक्तबहादुर कामु मगर र जंगबहादुर कामु मगरले एउटा गरी ३ ओटा तोरण टांगिएको छ । उक्त तोरण २०० मिटर लामो रहेको छ । तोरण टांग्नका लागी र विभिन्न पर्वविषेशमा स्नान तथा पुजा पाठका लागी अन्यत्र जान नपर्ने भन्दै आँधीखोलालाई आँधीगंगाको रुपमा विकास गरी धार्मिक स्थलको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो । यसैबीच पण्डित नेत्रप्रसाद पराजुलीसहित त्यहाँका स्थानीयलाई आँधीखोलामा तोरण टांगिनुको धार्मिक महत्व के छ भनेर सोधेका थियौँ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...