अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

विश्वकप खेल्ने स्याङ्जाका ३ महिला क्रिकेटरलाई अर्जुनचौपारीले नगद १५÷१५ हजार दिने

news

 
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
युएईमा सञ्चालित एसिया छनोटको उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल्ने इतिहास कोरेका मध्ये स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई अर्जुनचौपारी गाउँपालिकाले नगद १५÷१५ हजार दिने भएको छ । 
पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी र कुसुम गोदारलाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको अवसरमा उक्त नगद प्रदान गरिनेछ । खेलाडिहरुको प्रोत्साहन गर्नका लागी पालिकाले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । यही मंसिर ६, ७ र ८ गते आयोजना गरिएको राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा उक्त नगद पुरस्कार प्रदान गरिनेछ । स्याङ्जाका खेलाडिहरुले इतिहास रचेको भन्दै जिल्लाको पहिचानका लागी खेलाडिहरुको योगदान महत्वपुर्ण रहेकाले खेल र खेलाडिको विकासको पक्षमा अर्जुनचौपारी गाउँपालिका रहेको अध्यक्ष तिवारीले बताउनुभयो । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएका थिए । 
३ महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट संघसहित यहाँका खेलप्रेमी युवाहरूले मोटरसाइकल ¥यालीसहित स्याङ्जा ल्याएका थिए । सो टोलीलाई स्याङ्जा जिल्ला क्रिकेट संघ, जिल्ला खेलकूद विकास समितिसहित राजमार्गमा पर्ने स्थानीयबासीले भब्य स्वागत, सम्मान, बधाइसहित आउँदो प्रतियोगिताको उपाधि विजेताको शुभकामना दिएका छन् । 
गण्डकी प्रदेशबाट सहभागी भएका ४ जनामध्ये ३ जना क्रिकेट खेलाडी स्याङ्जा पुतलीबजार नगरबासी हुन्। सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले जनवरी १८ देखि २ फेबु्रअरिसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरेपछि महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो । युएईमा सञ्चालित एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...