अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

खुमा फाउण्डेशनले महिला क्रिकेट खेलाडीलाई जनही एक÷एक लाख दिने

 
वालिङ, ४ मंसिर ।
स्याङ्जाको भीरकोटमा कार्यालय रहेको खुमा फाउण्डेशनले स्याङजाका तीन महिला क्रिकेट खेलाडीलाई जनही एक÷ एक लाख दिने भएको छ । कात्तिक १९ गते बाट २९ गते सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारलाई एक ÷एक लाख र क्रिकेट संघ स्याङ्जालाई ५० हजार सहित दोसल्ला ओडाएर सम्मान गर्ने भएको हो । 
 
फाउण्डेशनले छैटौ बार्षिक उत्सबका अवसरमा मङसिर ५ गते भीरकोट–७ मा गर्न लागिएको रक्तदान तथा बृहत स्वास्थ्य शिविरमा खेलाडी तथा संघलाई सम्मान गर्ने फाउण्डेशनका सचिब धु्रब शर्माले जानाकारी दिनुभयो । गण्डकीका चार मध्ये स्याङजाका तीन खेलाडीले सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरी सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका थिए ।  सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको हो । छ बर्ष स्थापना भएको फाउण्डेशनले यहाँ स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 
 
यसैबीच उता पुतलीबजार नगरपालिकाकाले पनि ३ खेलाडीलाई सम्मान गर्ने भएका छन् । पुतलीबजारले ३ खेलाडीलाई जनही ३३ हजार ३३३ रुपैया नगद सहित सम्मानित गर्ने भएको छ । यू १९ महिला राष्ट्रिय क्रिकेट समूहमा पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्न सफल ३ जना खेलाडीलाई पुस महिनामा हुने १६ औ नगरसभामा सम्मान गर्नेगरी निर्णय भएको हो ।आउदो जनवरी १८ देखि फेबु्रअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने अवसर पाएका  स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई पुतलीबजारले आउदो नगरसभामा नगद सहित  सम्मान गर्ने निर्णय भएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
 
अन्र्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा स्याङ्जाको पनि पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्दै उपाधी जितेर जिल्ला सहित नगरको पहिचान बनाएकोमा नगरप्रमुख रेग्मीले खुशी ब्यक्त गर्नुभयो । उपाधि जितेका महिला क्रिकेट खेलाडीको हौसला बढाउन बिभिन्न पालिका, संघसंस्था लगायतले सम्मानको आयोजनाको घोषणा एवं सम्मान गर्दै आएका छन् ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...