अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लिफ्ट खानेपानी आयोजनामा एक करोड बढी विद्युत महसुल अनुदान

 
वालिङ, ४ मंसिर ।
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले लिफ्ट खानेपानी आयोजनाको एक करोड छ लाख २७ हजार १६२ रुपियाँ विद्युत महसुल अनुदान दिएको छ । स्याङ्जा र कास्कीका खानेपानी योजना हेर्ने यस कार्यालयले १२१ योजनाको उक्त रकम अनुदान दिएको हो ।  स्याङ्जाका ९९ योजनाको ६९ लाख ७९ हजार ७९१ रुपियाँ र कास्कीका २२ योजनाको ३६ लाख ४७ हजार ३७१ रुपियाँ अनुदान दिएको हो । प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत् महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०÷८१ मा सो रकम अनुदान दिइएको हो । 
यस प्रदेशका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पु¥याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदान ग्राही छनोट गरी अनुदान दिइएको हो ।  स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिकरुपमा २५ हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीलाई विद्युत् महसुलको शत प्रतिशत अनुदान दिइएको हो ।
मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीले कूल विद्युत् महसुलको ५० प्रतिशत र मासिक रुपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत् खपत गर्ने अनुदान ग्राहीले कूल विद्युत् महसुलको २५ प्रतिशत अनुदान प्राप्त गरेको तिमिल्सिनाले बताउनुभयो ।  यस्तै, मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो । स्याङ्जा र कास्कीमा सञ्चालनमा रहेका खानेपानी योजनाले अनुदान रकमका लागि आवेदन दिएकोमा छनौट भएका योजनाले मात्रै विद्युत् महसुलमा अनुदान पाएका हुन्।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...