अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जामा अन्तर विद्यालय स्तरिय अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता

 
वालिङ, ७ मंसिर ।
स्याङ्जामा अन्तर विद्यालय स्तरिय अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिता भएको छ । आर्टिफिसियल ईन्टलिजेन्स शीर्षकमा नेल्टा, स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा ३ वटा क्लस्टरमा गरी ४३ जना विद्यार्थीहरु सहभागि भएका थिए । त्रिभुवन आदर्श बहुमुखि क्याम्पस मालेबगर स्याङ्जा, वालिङ् बहुमुखि क्याम्पस, वालिङ् र गल्याङ् बहुमुखि क्याम्पस, गल्याङ्मा गरी ३ क्लस्टरमा प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रमका संयोजक सुनिल जि.सी.ले जानकारी दिनुभयो । 
त्रिभुवन आदर्श बहुमुखि क्याम्पस, मालेबगरमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद जि.टी. ले यस्ता प्रतियोगिताहरुबाट विद्यार्थीहरुमा लेखन सिप वृद्धि हुनुका साथै शिक्षाको गुणस्तर वृद्धि हुने बताउनुभयो । त्यस्तै, कार्यक्रममा प्याब्सन, स्याङ्जाका सचिव लेखनाथ रेग्मी, त्रिभुवन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख अर्जुन बन्धु अर्याल, रामकोष फुलबारी मा.वि. का प्रधानाध्यापक पोत प्रसाद अर्याल, लक्ष्मी स्मृती सामुदायिक पुस्तकालयका कोषाध्यक्ष चन्द्रमणी पौडेल लगायतले शैक्षिक गुणस्तर वृद्धि गर्नका लागी सर्वप्रथम विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 
नेल्टा, स्याङ्जाका अध्यक्ष ओम विकाश सिंजालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेल्टा स्याङ्जाका सचिव अर्जुन पौडेलले गर्नुभएको थियो । त्यसैगरी गल्याङ् बहुमुखि क्याम्पसमा भएको कार्यक्रममा बोल्दै गल्याङ् नगर प्रमुख गुरु प्रसाद भट्राईले अङ्ग्रेजी भाषा विश्वभर साझा भाषा भएको र आधुनिक विश्वमा अङ्ग्रेजी भाषाको अपरिहार्यता बढ्दै गएकाले अङ्ग्रेजी लेखन सिप विकास गर्नमा यस्ता प्रतियोगिताहरु आवश्यक रहेको बताउनुभयो । 
त्यस्तै वालिङ् बहुमुखि क्याम्पसमा भएको कार्यक्रममा बोल्दै वालिङ् बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख भीम प्रसाद पंगेनीले बद्लिदो विश्वमा अङ्ग्रेजी भाषा व्यापक बन्दै गएकाले गर्दा पनि यस्ता प्रतियोगिताहरुबाट विद्यार्थीहरुको लेखन सिप खारिदै जाने बताउनुभयो । हिजो सम्पन्न भएको प्रतियोगिताको नतिजा भने कपी परिक्षण पश्चात् माघ २५ मा सञ्चालन हुने अङ्ग्रेजी हिज्जे प्रतियोगितामा प्रकाशन गरी प्रथम, द्धितिय र तृतियलाई पुरस्कार वितरण  गर्ने कार्यक्रम तय भएको नेल्टा स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...