अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङ, ११ नं वडाद्धारा अनुदानमा आलुको बिउ वितरण

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर ।
वालिङ नगरपालिका वडा नं. ११ ले कृषकहरुका लागी अनुदानमा आलुको बिउ वितरण गरेको छ । सबै नागरिकहरुलाई एकरुपताको लागी मागको आधारमा आलुको विउ वितरण गरिएको वडा अध्यक्ष डण्डपानी पंगेनीले बताउनुभयो । 
आलुखेति खेत बारी दुवै स्थानमा गर्न सकिने भएकाले गहुँ तोरी भन्दा आलुको बिउमा वितरणको योजना अनुसार अनुदानमा आलुको बिउ वितरण गरिएको अध्यक्ष पंगेनीले बताउनुभयो । एकहप्ते सूचनाको आधारमा प्रति व्यक्ति १५ किलोका दरले जनकदेव, डल्ले रातो सेतो आलुको विउ वितरण गरिएको उहाँको भनाई छ । वडाले ५० क्वीन्टल जनकदेव र १० क्वीन्टल डल्ले रातोसेतो आलुको बिउ वितरण गरिएको हो । 
८० रुपैँया प्रतिकिलो आलु ५० प्रतिशत अनुदानमा प्रति किलो ४० रुपैँयाका दरले आलुको विउ वितरण गरिएको वडाल जनाएको छ । आलु खेति मार्फत आर्थिक उर्पाजनमा लाग्न कृषकहरुलाई वडा अध्यक्ष पंगेनीको आग्रह छ । व्यवासयिक रुपमा अगाडि बढ्न चाहाने कृषकहरुका लागी वडाले थप सहयोग गर्ने भन्दै कृषि मार्फत नै समृद्धि हाँसिल गर्न सकिने वडा अध्यक्ष पंगेनीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...