अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा विद्यालयमा पोशाक वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर ।
गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज पोशाक वितरण गरेको छ । बैंकले वालिङ ११ पेखु गब्देस्थित बालशिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत एकसय १७ जना बालबालिकालाई शैक्षिक पोशाक अन्तर्गत ट्रयाकसुट वितरण गरेको हो ।
विद्यालयमा आज आयोजित पोशाक हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै बैंकका पूर्व सञ्चालक समितिका अध्यक्ष एवम् निवर्तमान वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङबाट स्थापना भई सुरु भएको बैंकले अहिले देशैभर शाखा विस्तार गरी सेवा प्रवाह गर्दै आईरहेको बताउनुभयो । बैंकले यस आर्थिक क्षेत्रलाई चलायमान बनाउनुकासाथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको बताउनुभयो ।
पोशाक हस्तान्तरण कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डण्डु पंगेनी, बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ भट्टराई, बैंकका संस्थापक शेयर धनी खगेन्द्रप्रसाद अर्याल, गरिमा विकास बैंक वालिङका प्रमुख प्रेमनारायण अर्यालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस विद्यालयलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक शिव न्यौपानेले र स्वागत प्रधानाध्यापक कृष्णप्रसाद पंगेनीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...