अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

रेडियोद्धारा सञ्चालित २ दिने पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर ।
आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो आँधीखोलाको आयोजनामा सञ्चालित दुई दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । रेडियोले आफ्नो १८औँ वार्शिकोत्सवका अवसरमा दुईदिने पत्रकारिता तथा उद्घोषण तालिमको आयोजना गरेको हो । तालिमको समापन गर्दै रेडियोका पुर्व अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले २०६२÷०६३ को जनआन्दोलन पश्चात स्याङ्जामा पहिलो संचार संस्थाको रुपमा स्थापित भई निरन्तर समाजलाई सुसूचि बनाईरहेको बताउनुभयो । 
पुर्व अध्यक्ष पंगेनीले भन्नुभयो, “देशको प्रमुख आन्दोलन होस या मुलुक परिर्वतनका लागी होस सञ्चार जगतको भुमिका अतुलनिय छ । देशमा शुसाशसन स्थापित गर्नका लागी सञ्चारले महत्वपुर्ण भुमिका खेलेको छ ।” रेडियो स्थापनाकालमा निकै आरोह अवरोहका साथ अगाडि बढेको संस्था अहिलेसम्म निरन्तर समाजमा आँफूलाई शसक्त सञ्चार माध्यमको रुपमा स्थापना गरेको भन्दै बढ्दो प्रविधिको विकास साथमा रेडियोको महत्व अझै बढ्दै गएको उहाँले बताउनुभयो । 
रेडियो आँधीखोला स्थापना पछि जिल्लामा अन्य धेरै सञ्चार माध्यमहरु सञ्चालन भएपनि केहिले निरन्तरता दिन सकेको र केहि विस्तापित पनि भईरहेको सन्र्दभमा आँधीखोला रेडियो यहाँसम्म आईपुग्नु निकै गौरवको विषय भएको उहाँले बताउनुभयो । दुई दिनसम्म संचालित तालिममा रेडियोका अध्यक्ष शान्ता थापा, सचिव हिमलाल पराजुली, प्रबन्धक तोलाकान्त बगाले र समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो । २५ जनाको सहभागिता रहेको तालिममा आधारभुत पत्रकारिता र उद्दघोषण गर्ने विषयमा सिकाईएको थियो । कार्यक्रममा सहभागिद्धोय घनश्याम अधिकारी र सन्तोषी थापाले तालिम निकै फलदायी रहेको बताउनुभयो ।  समापन कार्यक्रम अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हिमलाल पराजुली र स्वागत कोषाध्यक्ष बिमल अर्याल गर्नुभएको थियो । 
विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला वालिङ ८ घ्याङ्लिङमा अवस्थित छ । १८औँ वार्षिकोत्सवका अवसरमा पत्रकारिता तथा उद्दघोषण तालिम, समसामियक विषयमा बहसलगायतका कार्यक्रम गरिएको थियो ।  रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईनका माध्यमबाट समेत सुन्न सकिन्छ । धधध।चबमष्यबबलमजष्पजयबि।यचन रेडियो प्रत्यक्ष सुन्न सकिन्छ भने स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिन्छ ।  त्यस्तै हाम्रो पात्रो एपमा समेत रेडियो सुन्न सकिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...