अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कालीगण्डकीमा छैटौं अध्यक्ष कप खेलकुद महोत्सवको तयारी

 
वालिङ, १२ मंसिर ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा अध्यक्ष कप खेलकुद महोत्सवको तयारी तिव्र पारिएको छ। यही मङसिर १४ गतेबाट १६ गते सम्म छैटौं अध्यक्ष कप खेलकुद महोत्सव हुने भएको हो। खेलकुदको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि गाउँपालिकाले महोत्सवको आयोजना गर्न लागेको  हो । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुने छन् ।
२२ स्वर्ण, २२ रजत र २२ कास्य पदकमा प्रतिस्पर्धा हुने छ भने सबै खेल महिला तथा पुरुषको हुने छ । सात वडा रहेको यस पालिकामा हरेक वडाबाट ९८ जनाको दरले खेलाडी सहभागी हुने पालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।
विजेता तथा उपविजेतालाई ५ लाख १० हजार  पुरस्कार वितरण गरिने छ भने १५ लाख बराबरको खर्च हुने पालिकाले जनाएको छ । महोत्सवको नेपाल सरकारको सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...