अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

शिक्षित महिला नै घरेलु हिंसाबाट बढी प्रभावित

news

 

 मंसिर १३, काठमाण्डौ – पढेलेखेका र शिक्षित महिला घरेलु हिंसाबाट बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला पुनःस्थापना केन्द्र (ओरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिलाको शैक्षिक अवस्था अध्ययन गर्दा ७७ प्रतिशत साक्षर महिला हिंसाबाट पीडित भएको उल्लेख छ ।

यो वर्ष कूल एक हजार तीन सय ९३ महिला हिंसाका घटना घटेको तथ्याङ्क छ । त्यसमध्ये सबैभन्दा बढी ६५ प्रतिशत घरेलु हिंसाबाट प्रभावित रहेका छन् । आधारभूत शिक्षा लिएका ५२ प्रतिशत र माध्यमिक शिक्षा लिएका ३५ प्रतिशत महिला घरेलु हिंसाका पीडित भएको तथ्याङ्क छ ।

पुस्तकमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरुप जस्तै घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, मानव बेचबिखन, यौन हिंसा, आत्महत्या, मनोरञ्जन क्षेत्रमा हुने हिंसा, हानिकारक परम्परागत अभ्यासले निम्त्याएको हिंसालगायत महिला मानवअधिकार रक्षक माथि भएका हिंसा र जोखिमको अवस्था, विपद्को समयमा भएका महिला हिंसाका घटनाको अवस्थालाई समेत समेटिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...