अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आँधिखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

 
वालिङ, १७ मंसिर ।
आँधिखोला गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आँधिखोला गाउँपालिकाको आयोजना र सामुदायिक रेडियो स्याङ्जा एफ्.एम्.को सहजीकरणमा आर्थिक वर्ष २०८१÷०८२ अन्तर्ग त प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उठेका प्रश्न, गुनासा र सुझावहरुको जवाफ दिदै पालिका अध्यक्ष विश्व पौडेलले पालिकाबासीसँग समन्वय र सहकार्य गरि पालिका भित्र रहेका सबै समस्याहरुको क्रमिक रुपमा समाधान गर्नमा संधै तत्पर रहिरहेको बताउनुभयो । उहाँले योजना बैंक निर्माण गरिएकाले अल्पकालिन र दिर्घकालिन योजनाहरुलाई संघ र प्रदेशसँग समन्वय गरि कार्यान्वयन गर्ने बताउँनुभयो । 
उहाले पालिकाले कृषी, पर्यटन, खानेपानी, गोरेटो बाटो निर्माण लगायतका क्षेत्रमा योजनाबद्ध ढंगले अगाडी बढाउनुपर्ने देखिएको र सबै समस्याहरु निराकरण गर्दै अघि बढ्नेमा निश्चिन्त रहन पालिकाका बासीन्दाहरुमा आग्रह समेत गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले पालिकाबाट प्रवाह हुने सेवा सुविधाबारे जानकारी गराउँदै, सुनुवाईको उद्धेश्य माथी प्रकाश र चौमासिक अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
सुनुवाई कार्यक्रममा नेपाली काँग्रेस आँधिखोला गाउँपालिकाका सभापति नरेन्द्र राज पौडेल, नेकपा एमाले आँधिखोला गाउँपालिकाका अध्यक्ष शिब प्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी आँधिखोला गाउँपालिकाका उपाध्यक्ष तीर्थ बहादुर क्षेत्री लगायतले गाउँपालिका भित्र भएका राम्रा कार्य र पालिकाले झेल्नुपरेका समस्याहरुको समाधान गर्दै जानेमा विश्वस्त रहेको बताउँदै राजनितिक दल सँगै रहेको प्रतिवद्धता जनाएका थिए । 
आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता थापाले स्वागत मन्तव्य, वडा नं. २का अध्यक्ष कमल पौडेलले धन्यबाद मन्तव्य र  सामुदायिक रेडियो स्याङ्जा एफ एम तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...