अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि सचेतनामूलक कार्यक्रम

 
वालिङ, १९ मंसिर ।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको आयोजनामा अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा जिल्लामा क्रियाशिल पत्रकारहरुको समूहलाई लक्षित गर्दै अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ तथा नियमावलीका बारेमा जानकारी गराउने उदेश्यले सो कार्यक्रम गरिएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जिल्लाको साक्षरताको स्थिती, अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रममा सरोकारवालाको भूमिका सहित छापा तथा बिद्युतीय संचार माध्यमबाट शिक्षाका बारेमा प्रचार प्रसार गराउने उदेश्य रहेको बताउनुभयो । 
सोही कार्यक्रममा प्रमुख आचार्यले ऐन र नियमावलीका बारेमा जानकारी गराउदै जिल्लाका सरकारी तथा निजी बिद्यालय सहित स्थानीय, प्रादेशिक तथा संघिय सरकारका योजना तथा कार्यान्वयनका बारेमा जानकारी गराउनु भयो । उहाले आधारभूत शिक्षाको आवश्यकता र प्रभावकारिताका बारेमा जानकारी गराउदै सबै सरोकारवालाले सबै नागरिकलाई अनिवार्य शिक्षा उपलब्ध गराउनु पर्ने सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले अनिवार्य शिक्षाका बारेमा बिद्य्ुतीय तथा छापा माध्यमबाट प्रचारप्रसार गर्ने बताउनुभयो । कार्यक्रममा कार्यालयका शाखा अधिकृत सुरेश सुवेदीले सहजीकरण गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...