अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुतलीबजार नगरपालिकाद्धारा स्वास्थ्य स्वयम्सेविका सम्मान् कार्यक्रम

 
वालिङ, १९ मंसिर ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले स्वास्थ्य स्वयम्सेविका सम्मान् कार्यक्रम गरेको छ । स्वास्थ्य स्वयम्सेविका दिवसको अवसर पारेर नगरपालिकाको स्वास्थ्य शाखाले आज पुतलीबजार नगरपालिका भित्र कार्यरत १३ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरेको हो । 
नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा उत्कृष्ट महिला स्वयम्सेविकाको भुमिका निर्वाह गर्नुहुने वडा नं. १ र २ बाट १ जना र अन्य १२ वटा वडाबाट १÷१ जना गरी १३ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिसा सुवेदीले बताउनुभयो । नगर स्तरिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले नगरभित्रको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुले नागरिकमा पुराउनुभएको सेवा सराहनिय रहेको बताउनुभयो । 
उहाँले स्वास्थ्यमा नगरले हासिल गरेका नविनतम् उपलब्धिहरुको जानकारी गराउँदै मानव जीवनको संवेदनशिल क्षेत्र स्वास्थ्य क्षेत्रमा नगर भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुबाट उत्कृष्ट सेवा प्रदान गर्न सफल भएकोमा सम्मानित महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई धन्यवाद एवम् बधाई ज्ञापन समेत गर्नुभयो । कार्यक्रममा नगरभित्रका १०१ जना स्वास्थ्य स्वयम्सेविकाहरु मध्ये ८६ जना स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको विषयमा समेत अन्तरक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताउनुभयो । नगर उपप्रमुख तथा नगर स्तरिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका समिति संयोजक देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनियर अहेब भवानी शंकर पोखरेलले स्वागत एवम् कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख अनिसा सुवेदीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...