अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

भीरकोटमा छातीको एक्सरे शिविरबाट ४४६ जना लाभान्वित

 
वालिङ, १९ मंसिर ।
स्याङ्जाको भीरकोटमा छातीको एक्सरे शिविर गरिएको छ ।  छातीको एक्सरे बिधिबाट क्षयरोग खोजपड्ताल कार्यक्रममा निःशुल्क छातीको परिक्षण गरीएको हो । स्वास्थ्य कार्यालय स्याङ्जा, भीरकोट नगरपालिकाको आयोजनामा आयोजित शिविरको उद्दघाटनका क्रममा भीरकोट नगरउपप्रमुख भगवती अर्यालले क्षयरोगको पहिचान गरी नियमित औषधी सेवन गरेमा क्षयरोग निको हुने भएकाले निशुल्क आयोजना गरिएको यो शिविरले रोग पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । रोग लुकाएर बस्दा झनै जटिल समस्या उत्पन्न हुन सक्ने भएकाले समयमै उपचार विधि अबलम्बन गरे विभिन्न समस्याबाट बच्न सकिने उपप्रमुख अर्यालले बताउनुभयो ।  
कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसी, निर्वतमान नगरप्रमुख छायाराम खनाललगायतले शिविरको महत्वका बारेमा बोल्नुभएको थियो । शिविरमा ४४६ जनाको छातीको एक्सरे गरिएको छ । उक्त एक्सरे परिक्षण शिविरमा ११ जनामा क्षयरोग पुष्ठी भएको र १८ जना शंकास्पदलाई थप परिक्षणका लागी पठाईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...