समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता
वालिङ, २० मंसिर ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज वक्तृत्वकला प्रतियोगिता एवम् लैङ्गिक हिंसा न्युनीकरणमा योगदान पुराउनेहरुलाई सम्मान गरेको छ । लैंगीक हिंसामा नागरिकको भूमिका बिषयमा भएको बक्तृत्वकला प्रतियोगितामा चिल्ड्रेन एकेडमीका दिपिका अर्याल प्रथम, चिल्ड्रेन एकेडमीकै सुलता थापा मगर द्धितिय, घण्टे मा.वि का प्रणिक वि.क. तृतिय र सितलादेवी आमा समुहका नन्दकली तिवारीले सान्त्वना स्थान हासिल गर्नुभयो ।
त्यस्तै कार्यक्रममा लैंगीक हिंसा न्यूनिकरणमा योगदान पु¥याएको भन्दैे ८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नन्दकली तिवारी, भिमादेवी सुनार, राधिका बि.कं, माया गुरूङ, सितादेवी अर्याल, टीका खनाल, अञ्जना अर्याल र भिमादेवी सुनार रहनुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आफु गाउँपालिका बनाउने संकल्प र विश्वास सहित चुनावमा लड्दैगर्दा अर्जुनचौपारी बनाउन सकिन्छ र भन्ने धेरैलाई लागेको तर त्यो अविश्वासलाई चिर्दै आज पालिका विकासको लयमा अग्रणी स्थानमा रहेको बताउनुभयो ।
विकास निर्माणको प्रसङ् कोट्याउदै तिवारीले सबै एकजुट भएर पालिकाको समृद्धिमा लाग्न सके भोलि शिक्षाका लागी, स्वास्थ्य क्षेत्रका लागी, आमा समुहका लागी अन्य विकास निर्माणका लागी सिङ्गो देश नै एकचोटी अर्जुनचौपारी गाउँपालिकाले लिएको विकासको गति हेरौं भन्ने अवस्थामा आउने बताउनुभयो । कार्यपालिका सदस्य ज्योति केसी ढकाल, वडा न २ का वडा अध्यक्ष धनबहादुर गुरुङ्, पालिकाका प्रमुख प्रशासकिय अधिकृत कौशल पाण्डे लगायतले शुभकामना ब्यक्त गर्नुभएकोे थियो ।
प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो भने प्रथम, द्धितिय, तृतिय र सान्त्वना प्रतियोगिलाई क्रमश ः ५ हजार,४ हजार,३ हजार र १ हजार सहित पुरस्कृत गरिएको थियो । पालिका उपाध्यक्ष सपना गुरूङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सामाजिक बिकास शाखाका मनिषा घिमिरेले गर्नुभएको थियो ।