अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

स्याङ्जामा क्षयरोगीको पत्ता लगाउन निशुल्क छातीको एक्सरे, ५ जनामा क्षयरोग पुष्टि

 
रेडियो आँधीखोला
वालिङ, २० मंसिर ।
क्षयरोगीको संख्या पत्ता लगाउन स्याङ्जामा निशुल्क शिविर संचालन गरिएको छ । वालिङ नगरपालिका वडा नं. १ को वडा कार्यालय र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था(जन्त्र)को आयोजना, जिल्ला स्वाास्थ्य कार्यालय र क्षयरोग उपचार केन्द्र पोखराको समन्वय तथा सहकार्यमा निःशुल्क क्षयरोग परीक्षण गरिएको हो । विहिबार वालिङ १ रामबाच्छामा गरिएको शिविरमा ६ सय ९६ जनाको छातीको एक्सरे गरिएको वडा अध्यक्ष तथा नगरप्रवक्ता पदम गुरुङले जानकारी दिनुभयो । 
 
क्षयरोग खोजपडताल स्वास्थ्य जाँच निःशुल्क स्वास्थ्य शिविरमा ५ जनामा क्षयरोग देखिएको हो । एआई पद्धतिको डिजिटल पोर्टेवल अत्याधुनिक मेसिन प्रयोग गरी विशेषज्ञ डाक्टर र स्वास्थकर्मीको टोलीले उपचार गरेको हो । 
 
दिर्घरोगी, बयोबृद्ध र क्षयरोगीको सम्पर्कमा आएकालाई लक्षित गरेर शिविरको आयोजना गरेको बताउदै जन्त्रक परियोजना अधिकृत भावना पोखरेलले संकास्पद व्यक्तिहरुको खकार नमुना परीक्षणको लागि जिनएक्सपर्ट ल्याब लगिने गरिएकोे बताउनुभयो । डा.प्रमोद भट्राईको नेतृत्वमा १२ जनाको स्वास्थ्यकर्मी टोलीले क्षयरोग परीक्षण गरेको थियो । यही शिविर बुधबार भीरकोटको बयघारीमा गरिएको थियो । उक्त शिविरमा पनि सयौँ संख्यामा लाभान्वित भएका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...