समाचार
जिल्ला कारारागारमा निरीक्षण
वालिङ, २३, मंसिर ।
जिल्ला कारागार स्याङ्जामा मानसिक रोगी सहित कैदी बन्दी एकै ठाउँमा राखिएको भेटिएको छ । ७६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्र्दभमा आइतबार जिल्ला कारागार निरीक्षणको क्रममा भेटिएको हो । मानसिक रोगी कैदी बन्दी फरक ठाउँमा राख्नु पर्नेमा सँगै राखिएको भेटिएको हो ।
यहाँ ६५ जना क्षमताको कारागारमा पाँच महिला सहित १४७ रहेकोमा छ जना मनासिक रोगी बिरामी रहेका छन् । इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले धेरै बन्दी र दिर्घरोगी समेत राम्रो ब्यवस्था नएको बताउनुभयो । मुख्य मन्त्री कार्यालयको निर्णय अनुसार तीन दिने अभियान अन्र्तगत पहिलो दिन कारागार निरीक्षण गरिएको खकुरेलको भनाई थियो ।
कारागरामा भौतिक सरचना पुरानो बसाईमा समस्या रहेको बन्दी तथा कैदीको गुनसो गरेका थिए । निरीक्षणमा बन्दीहरुले कसैले कैद छुट पाउने र कसैलाई नदिने जस्तो सरकारले बिभेद गरेको गुनासो गरेका थिए । बन्दीहरुले नक्कली जन्मदर्ता बनाएर बालकलाई फसाएको समेत गुनासो समेत गरेका थिए । कारागार निरीक्षण इन्सेक प्रमुख खकुरेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालयका कानुन महाशाखाँका उपसचिब शालिकराम रेग्मी सहितको टोलीले गरेको हो ।