अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

नेपाल पत्रकार महासंघ स्याङ्जाको साधारण सभा आज

news

 
रेडियो आँधीखोला
वालिङ, २५ मंसिर ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको साधारण सभा तथा छैठौँ अधिवेसन आज हुने भएको छ । साधारण सभाको अवसरमा स्याङ्जाका ४ जना क्रियाशिल पत्रकारहरुलाई क्रियाशिल पत्रकारिता पुरस्कार वितरण गरिने भएको छ । साधारण सभा तथा अविधेसनको तयारीका लागी विभिन्न उपसमितिहरु गठन गरि तयारी तिव्र पारिएको छ । 
महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलका अनुसार पत्रकारिता पुरस्कारका लागी ३ सदस्यीय समिति गठन गरि तयारी गरिएको छ । साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नका लागी ५ वटा तयारी उपसमिति गठन गरि तयारी गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो । महासंघको निर्वाचन २८ गते हुनेछ । साथै पत्रकार महासंघले आफ्नोे कार्यालय स्थापना र व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...