समाचार
भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचन सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २८ मंसिर ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचन सम्पन्न भएको छ । प्रतिष्ठानले मासिक रुपमा विभिन्न फरक फरक स्थानमा रचना वाचन कार्यक्रम गर्दै आएको छ । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा रचना वाचनको ७९औँ श्रृंखला सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख कृष्ण खांणले साहित्य समाजको ऐना भएको भन्दै साहित्यको कलमले समाजका विकृत्ति र विसंगति हटाउन मद्दत गर्दै आएको बताउनुभयो । साथै नगरप्रमुख खांणले प्रतिष्ठानले अन्तरनिहित प्रतिभालाई उजागर गर्ने थलोको विकास गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कमल बगाले, टेकबहादुर जीटी, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, बोधराज न्यौपाने, दमकला बगाले, बालकृष्ण शर्मा, डोलराज सुवेदी, पारेशवर न्यौपाने, सिताराम अधिकारी, बोधराज न्यौपाने, मिलन समिर, लेखनाथ काफ्लेलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा गीता पाठकले मनोसामाजिक शिक्षा बारे प्रकाश पार्नुभएको थियो भने डा. अच्युतशरण अर्यालले साहित्यका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन लेखनाथ काफ्ले, स्वागत कमल बगाले र धन्यवाद विष्णुप्रसाद अर्यालले गर्नुभएको थियो ।