अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

नगरिकको नजिकको सरकार स्थानीय तह ः नगर प्रमुख खाँण

 
रेडियो आँधीखोला 
वालिङ, २८ मंसिर ।
वालिङ नगरप्रमुख कृष्ण खांणले तिन तहका सरकार मध्ये नागरिकको नजिकको सरकार स्थानीय तह भएको बताउनुभएको छ । शुक्रबार वालिङमा न्यायिक समितिको आयोजनामा आयोजित मेलमिलापकर्ताहरुको बीच अन्र्तक्रिया तथा निशुल्क स्वास्थ्य बिमाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो । 
मुलुकमा न्यायलय, व्यवस्थपकिय र संसदीय भाग भए जस्तै स्थानीय तहमा पनि यी तिनै अधिकार रहेकाले नागरिकका सुक्षम खालका समस्याहरु प्नि स्थानीय तहले बुझेको हुनाले स्थानीय तहको सरकार नागरिकको नजिकको सरकार रहेको प्रमुख खांणले बताउनुभएको हो । मेलमिलाप निति मार्फत नागरिकका धेरै विषयहरुलाई दुवै पक्षको जित हुने गरेर अगाडि बढीरहेको भन्दै मेलमिलाप कर्ताहरुको भुमिका यसमा महत्वपुर्ण रहेको बताउनुभएको हो । 
कार्यक्रममा उपप्रमुख कविता तिवारीले वालिङमा मेलमिलाप समिति मार्फत धेरै पुराना मुद्धाहरुमा पनि सहमति गर्न सफल भएको भन्दै नगरपालिकाले १०१ मेलमिलाप कर्ताहरुको निशुल्क बिमा कार्यक्रम ल्याएको भन्दै त्यसमा ५ जना सम्मका परिवारको समेत निशुल्क स्वास्थ्य बिमा गरिने बताउनुभयो । कार्यक्रममा वडा नं. १ देखि १४ वटै वटाका मेलमिलापकर्ताहरुले आ–आफ्ना वडाको मासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रम उपप्रमुख तथा न्यायिक समिति संयोजक तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत न्यायिक समिति सदस्य पोतप्रसाद लम्साल र संचालन न्यायिक सहजकर्ता नेत्रप्रसाद पराजुलीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...