समाचार
नेपाल मगर संघ वालिङको ३१औँ साधारण सभा तथा छैठौँ अधिवेसन
रेडियो आँधीखोला
वालिङ, २९ मंसिर ।
नेपाल मगर संघ वालिङको ३१औँ साधारण सभा तथा छैठौँ अधिवेसन शनिबार वालिङ खेलमैदान स्थित मगर समाज भवन भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै प्रज्ञा शान्ति बुद्ध विहारका संस्थापक अध्यक्ष क्या. हर्कबहादुर थापाले उद्दघाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय निर्वाचन उपसमितिका सदस्य तेजबहादुर आलेले नेपाल मगर संघले मगर समुदायको हक हित र अधिकार सुनिश्चित गर्दै मगर समुदायको भाषा, धर्म, संस्कृति र रितिरिवाजलाई संरक्षण गर्दै आएको बताउनुभयो । नेपालको ऐतिहासिक आन्दोलनमा मगर समुदायको योगदान अतुलनीय रहेको भन्दै संविधानमा प्रदत्त अधिकारको कार्यान्वयनका लागी मगर संघ एकतावद्ध भएर अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापाले देश संघिय प्रणालीमा गैसकेपछि मगर समुदायका व्यक्तिहरु समेत राज्यको निति निर्माण गर्ने स्थानमा पुगेको भन्दै मगर समुदाय अझै सशक्त रुपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ जिल्लाका संस्थापक अध्यक्ष पुर्णबहादुर थापा, बौद्ध विहार समाज गण्डकी प्रदेशका सहसचिव तेजबहादुर थापा, बौद्ध विहार प्रदेश सदस्य धनबहादुर डाला, नेपाल मगर महिला संघ केन्द्रिय सदस्य रुपा आले, नेपाल मगर संघ जिल्ला समन्वय उपाध्यक्ष द्धोय कृष्ण आले र उमेश दर्लामी, नेपाल मगर महिला संघ जिल्ला सदस्य सुमित्रा थापा, नेपाल मगर महिला संघ नगर अध्यक्ष बेतमाया थापा, प्रज्ञा शान्ति बौद्ध विहार नगर अध्यक्ष होमबहादुर रानालगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल मगर संघ वालिङका अध्यक्ष क्या विश्वप्रकाश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष सिता थापा, संचालन सचिव कुलबहादुर थापा र धन्यवाद उपाध्यक्ष देवि थापाले गर्नुभएको थियो ।