अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बालशिक्षा निकेतनमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

 
रेडियो आँधीखोला
वालिङ, ६ पौष ।
बालशिक्षा निकेतन आधारभुत विद्यालय वालिङ ११ गब्देको अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण, अभिभावक भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा वडा अध्यक्ष डण्डपानी पंगेनीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी शिक्षक, विद्यार्थी तथा अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको शिक्षाका लागी राज्यले धेरै लगानी गरेपनि सोहि अनुसारको प्रतिफल प्राप्त नहुँदा समस्या सृजना भईरहेको भन्दै शिक्षाको गुणस्तरका लागी एक्लो प्रयासले संभव नहुँने अध्यक्ष पंगेनीको भनाई थियो । 
कार्यक्रममा समाजसेवी भविश्वर शर्मा अर्यालद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालयको उन्नयनका लागी प्र्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गनुहुँने सम्पुर्ण समाजसेवी व्यक्ति तथा संस्थाहरुप्रति धन्यवाद व्यक्ति गर्दै विद्यालयलाई थप उचाईमा पु¥याउन विद्यालय व्यवस्थापन टिम पुर्ण प्रतिवद्ध भएर लागी परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...