समाचार
पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत
रेडियो आँधीखोला
वालिङ, ६ पौष ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शाह वंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्नुभएको छ । शुक्रबार पुर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पुजापाठसंगै मन्दिरको अवलोकन गर्नुभएको हो । मन्दिर दर्शन तथा अवलोकनका क्रममा पुर्वराष्ट्रपति भण्डारीले आलमदेवि आउने आफ्नो इच्छा पुरा भएको भन्दै स्याङ्जाली नागरिकले गरेको स्वागतको प्रशंसा गर्नुभयो । मन्दिर दर्शन आउने क्रममा उहाँलाई फेँदिखोला, पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ, कालीगण्डकीमा नागरिकले फुलमाला, पुष्पगुच्छा सहित पञ्चे बाजाले स्वागत गरेका थिए ।
स्याङ्जाली नागरिकले आँफूलाई गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने भन्दै मुलुकको विकासका लागी पनि सम्पुर्ण नागरिक जुट्नुपर्ने बताउनुभयो । कार्यक्रममा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले पहिलो महिला राष्ट्रपति भण्डारीलाई स्वागत गर्न पाउँनु आँफैमा गौरवको विषय भएको बताउनुभयो । कार्यक्रममा कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्ययले गर्नुभएको थियो ।