समाचार
पुर्णामृत भवानी मावि वालिङ १० फुलबारीको ६२औँ वार्शिकोत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ८ पौष ।
पुर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुर्णामृत भवनी माविले शैक्षिक क्षेत्रमा खेलेको भुमिका अतुलनीय रहेको बताउनुभएको छ । पुर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० फुलबारीको ६२औँ वार्शिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री श्रेष्ठले २०१९ सालमा स्थापना भएको विद्यालयका दाताहरु पुर्णचन्द्र, अमृत, भवानी तथा उहाँको परिवारलाई स्मरण गर्दै तत्कालिन समयदेखि अहिलेसम्म विद्यालयले अनवरत रुपमा शैक्षिक क्षेत्रमा खेलेको भुमिका अतुलनीय रहेको बताउनुभएको हो ।
विद्यालयको मातहतमा रहेका जग्गाजमिनलाई सहि सदुपयोग गरी विद्यालयको लागी आम्दानीको स्रोत बनाउनुपर्नेमा उहाँको जोड थियो । आँफू शिक्षामन्त्री हुँदा जिल्लामा ६ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडि बढाईएको भन्दै धेरै विद्धानहरु उत्पादन गरेको विद्यालयको थप शैक्षिक तथा भौतिक विकासका लागी सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद मोहन रेग्मी, नेपाली कांगे्रसका वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, विद्यालयका निर्वतमान अध्यक्ष कल्पना अर्याल, पुर्व शिक्षकहरु भीम पंगेनी, गोपालधन सुवेदीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका शिक्षक हरिप्रसाद पंगेनी र संचालन शिक्षक दिपक लम्सालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्षिक प्रगति तथा भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रर्दशनी, विज्ञान प्रर्दशनी, विभिन्न खेल प्रर्दशनी समेत प्रर्दशन गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु, विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट छात्रवृत्ति तथा उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मानगरिएको थियो ।