अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

विद्यार्थीसंग लायन्स अन्र्तगत न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, १२ पौष ।
विद्यार्थीसंग लायन्स कार्यक्रम अन्र्तगत लायन्स क्लब अफ भीरकोटले विद्यार्थीहरुका लागी न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रबार क्लबले भीरकोट ५ को गडीभञ्याङ आधारभुत विद्यालय र भीरकोट ३ बानेथोक भतेरपाटामा रहेको कालिका आधारभुत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा हाईनेक, जुत्ता मोजा, व्याग, कपीकलम वितरण गरिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ भीरकोटका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले लायन्स विसुद्ध सामाजिक सेवाभावका लागी स्थापित क्लब भएको भन्दै क्लबले वार्शिक कार्यक्रम नै बनाएर हरेक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले बालबालिकाहरुका लागी अध्ययनमा थप प्रोत्साहन मिल्ने भएकाले आफ्नो गाउँठाउँमा सामाजिक तथा रचनात्मक कार्यक्रम गर्न पाउँदा खुसी  लागेको बताउनुभयो । 
गडीभञ्याङ आविमा गरिएको कार्यक्रममा वडा अध्यक्ष सुवेदार कृष्ण बहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्त मल्ल, विद्यालयका प्रअ सरला विक, लायन्स क्लबका सहसचिव राजन सुनारलगायतले बोल्नुभएको थियो । त्यस्तै कालिका आविमा गरिएको कार्यक्रममा वडा अध्यक्ष केशरबहादुर खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भविन्द्रजंग अधिकारी, लायन्स क्लबका प्रमुख निर्देशक जगदिशप्रसाद कोईराला, शिवप्रसाद रेग्मि, विजय काफ्ले, प्रअ लालुमाया रानालगायतले बोल्नुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष ढाकाराम कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन क्लबका निर्देशक पार्वती बस्नेतले गर्नुभएको थियो भने धन्यावद शिक्षक केशबहादुर सार्कीले गर्नुभएको थियो । 
क्लबले गतवर्ष आँखा शिविर मार्फत बालबालिकको आँखा परिक्षण गरेको थियो भने यो वर्ष स्कूल सर्पोटिङ कार्यक्रम अन्र्तगत विद्यार्थीसंग लायन्स कार्यक्रम गरिएको क्लबले जनाएको छ । यस्ता कार्यक्रम गर्न क्लबले आफ्ना सदस्यहरुबाटै आर्थिक खर्च गर्ने गरेको भन्दै जन्मोत्सव तथा विभिन्न सुभकार्यका अवसरमा क्लबका सदस्य तथा पदाधिकारीहरुले क्लबको कोषमा रकम जम्मा गर्ने र कार्यक्रम गर्ने गरिएको क्लबका संस्थापक अधिकारीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...