अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेकपा एमाले वालिङ नगरकमिटिद्धारा युवा प्रशिक्षण

 
वालिङ, १२ पौष ।
वालिङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले युवाहरु समाज रुपान्तरणका संवाहक भएकाले युवालाई प्रशिक्षित गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । शुक्रबार वालिङमा आयोजित कार्यक्रममा युवाहरुले नै समाजलाई रुपान्तरण गर्न सक्ने भन्दै युवाहरुलाई सहि मार्गनिर्देश गर्नुपर्नेमा जोड दिएका हुन् । 
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले देशको विगतलाई हेर्ने हो भने युवा अवस्थामा नै विपि, मदन भण्डारी जस्ता नेताहरु नेतृत्व तहमा पुगेको स्मरण गर्दै अन्तराष्ट्रिय जगतमा युवाहरुले नै देशलाई हाँकिरहेको बताउनुभयो । अध्यक्ष गैह्रेले भन्नुभयो,“नेकपा एमालेको विधानमा युवालाई प्रोत्साहन गर्दै नेतृत्व तहमा ल्याउने विभिन्न निति ऐन बनेका छन् । वडा, गाउँ, नगर, जिल्ला कमिटिको हकमा युवालाई प्रोत्साहन दिईएको छ ।” 
४० वर्ष भित्र उमेर समुहकालाई युवा अवस्थामा परिभाषित गरिएको भन्दै युवाहरुले नै राजनिति मार्फत समाज र राष्ट्रीय रुपमा परिर्वतन ल्याउन सक्ने उहाँको भनाई थियो । पछिल्लो समय युवाहरु प्रति राजनितिप्रति देखिएको वितृष्णा अध्ययनको कमीका कारण भएको भन्दै राणाशासनको अन्त्य, गणतन्त्र प्राप्ती, संघियता अगाडिको समय र पछाडिका समयको अध्ययन र विष्लेषण गर्नुपर्ने वक्ताहरुको जोड थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा वालिङ नगरप्रमुख कृष्ण खांणले युवाहरुसंग हातेमालो गर्दै नगरको विकास गर्ने बताउनुभयो । 
विकास र समृद्धिका लागी एक्लैको प्रयासले नपुग्ने भन्दै यसका लागी युवापंक्ति, महिला, पुरुष सबैको हातेमालो आवश्यक रहने बताउनुभयो । कार्यक्रममा वालिङ नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेलले नगर कमिटिको अधिवेसन पश्चात विभिन्न कार्ययोजनाका साथ अगाडि बढेको भन्दै वार्शिक कार्ययोजनाका अनुसारका कार्यक्रमहरु सञ्चालन भईरहेको बताउनुभयो । 
पार्टीको विभिन्न जनवर्गीय संगठनलाई क्रियाशिल बनाउँदै नगरको विकासका लागी पार्टीले जनप्रतिनिधिको साथमा काम गर्ने बताउनुभयो । पार्टीले अर्धवार्षिक रुपमा समिक्षा गर्ने र समिक्षागत रुपमा नगर थप अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा भर्खरै सम्पन्न जेसिजको ५१औँ महाधिवेसनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित मणिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रोशन लामिछाने, नेपाल पत्रकार महासंघ स्याङ्जाको उपाध्यक्षमा निर्वाचित माधव गैह्रे, सचिव शुसिल सुवेदी, सहसचिव कला राना र सदस्यमा निर्वाचित रामबहादुर रोकाहालाई सम्मान पत्रले सम्मान गरिएको थियो । 
कार्यक्रम नगर अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसचिव जैसरा रेग्मी, संचालन उपसचिव नमलाल डुम्रेले गर्नुभएको थियो । कार्यक्रममा युवा संघ नगर अध्यक्ष जितेन केसी, प्रवासी संघ दिल्लीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलगायतले बोल्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...