समाचार
वालिङ ८ मा किसान महासंघ गठन
वालिङ, १३ पुस ।
वालिङ नगरपालिका वडा नं. ८ मा नेपाली कांगे्रसको जनवर्गीय संगठन किसान महासंघ गठन गरिएको छ । शनिबार बसेको एक भेलाले गनबहादुर गुरुङको अध्यक्षतमा किसान महासंघको वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कल्पना अर्याल, सदस्यहरुमा बुद्धिसरा थापा, सीता कोईराला, मञ्जु बोगटी, मुक्ति बगाले, सिर्जना परियार, कमल सुवेदी रहनुभएको छ । त्यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा अनन्तराज शर्मा, हुमनाथ अर्याल, गिता रनपाल, देवका तिवारी, लीलादेवि रेग्मी सीता, शान्ता थापा रहनुभएको छ ।
कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रिय सदस्य भोजराज गुरुङले असली किसानहरुको हकहितका लागी किसान महासंघ गठन गरिएको भन्दै किसानहरुलाई एकताबद्ध गराई राज्यबाट किसानले पाउने सेवासुविधा हकअधिकारका लागी समिति प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा किसान महासंघका स्याङ्जाका अध्यक्ष युवराज केसी, जिल्ला सदस्य सीता ढुंगानाअधिकारी, जिल्ला सदस्य खडकबहादुर गुरुङ, नगर अध्यक्ष मनबहादुर गुरुङलगायतको सहभागिता थियो । कार्यक्रम नेपाली कांगे्रस वडा सभापति कमलप्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।