अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

एलादी कृषि सहकारी संस्था लिमिटेड वालिङ ४ को विषेश बैठक

 
वालिङ, १३ पुस ।
एलादी कृषि सहकारी संस्था लिमिटेड वालिङ ४ को विषेश बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा वडा अध्यक्ष हरिप्रसाद खनालले पछिल्लो समय सहकारीहरुमा देखिएका समस्या गहन छलफल गरी समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै सहकारीको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका सेयर सदस्य तथा उपकार बचत तथा ऋण सहकारी संस्था वालिङका अध्यक्ष यमकान्त खनालले सहकारीका समस्या र समाधानका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । 
बैठकमा सहकारी संस्थाबाट ऋण फिर्ता नभएको विषयमा छलफल गरी फिर्ता ल्याउने बाटोहरु खोजि गरी संस्थाको छिट्टै साधारण सभा गरिने निर्णय गरिएको छ । संस्थामा २७५ सेयर सदस्यहरु रहेका छन् । संस्थाका अध्यक्ष डिल्लीराम चापागाँईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पुर्व अध्यक्ष सुर्यप्रसाद खनाल र संचालन लोकनाथ खनालले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...