अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

भीरकोटमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ सम्पन्न

 
वालिङ, १३ पुस ।
स्याङ्जाको भीरकोटमा विद्यालय स्तरीय छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ सम्पन्न भएको छ । ९ गतेदेखि सुरु भएको छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता—२०८१ आज पुरस्कार वितरणसहित सम्पन्न गरिएको हो । भीरकोट १ सिसौघारीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगिता समापन कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले आगामी वर्ष खेलकुद महोत्सव सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । फुटबल, भलिबल, क्रिकेट, टेवुल टेनिस, व्याडमिन्टनलगायत हरेक खेलमा विद्यार्थीहरुको रुचि अनुसार सहभागी गराएर भव्यरुपमा खेलकुद महोत्सव अगाडि लैजाने तयारीमा रहेको अग्रिम जानकारी गराउन चाहन्छु नगर प्रमुख कर्माचार्यले भन्नुभयो ।
यसैगरी नगर उपप्रमुख भगवती अर्याल रेग्मीले पढाईसँगै आ आफ्नो रुचि अनुसारका खेलक्षेत्रमा लागेर व्यक्तित्व विकासमा लाग्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । प्रतियोगितामा सहभागी भाईबहिनीहरुले कुशलतापूर्वक खेल प्रदर्शन गरेको उल्लेख गर्दै नगर उप प्रमुख अर्यालले यसैगरी आफ्नो क्षमतालाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा ३६ अंक प्राप्त गरेर भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ भने ३० अंक प्राप्त गर्दै सहिद शुक्र मा.वि. बानेथोक देउराली द्वितीय र २४ अंक प्राप्त गर्दै दहथुम मा.वि. तृतीय भएको छ।
यसैगरी भू. पू. आवासीय मा.वि. ले २२ अंक,  कन्साइन्स मा.वि. ले १८ अंक,  बालज्योती अंग्रेजी आवासीय  माध्यमिक विद्यालय १८ अंक,  बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १२ अंक , पब्लिक एकेडेमीले ८ अंक प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी १७ वटा माध्यमिक विद्यालय मध्ये ४ वटा विद्यालयले कुनै पनि पदक जित्न सकेनन्। 
समापन समारोहमा विश्व हिन्दु युवा संघका अध्यक्ष नवराज पौडेल र अन्डर १९ भलिबल खेलाडी जितबहादुर के.सी. लाई सम्मान गरिएको थियो । अध्यक्ष पौडेले जिल्लामा नैतिक शिक्षा विषयको पठनपाठन गर्न र  शैक्षिक तथा धार्मिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो। 
प्रतियोगितामा छात्र छात्रा भलिबल, कपर्दी, ज्याव्लिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ठेलो फाल्ने, दौडलगायतका खेलहरु भएका थिए । कार्यक्रम नगर उपप्रमुख भगवती अर्यालरेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नगरप्रवक्ता तथा १ नं. वडाका अध्यक्ष दिपेन्द्र केसी र सञ्चालन वडा नं. ८ का अध्यक्ष नन्दु खनालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...