अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

पत्रकार कोइरालाले गरे आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

 
वालिङ, १४ पौष ।
प्रेस चौतारी नेपाल स्याङजाका सदस्य एव नेपाल पत्रकार महासंघ स्याङजाका साधारण सदस्य नारायण प्रसाद कोइरालाले जन्मदिनको अवसरमा अक्षयकोषको स्थापना गर्नुभएको छ । कोईरालाले आईतबार आफुले अध्यापन गराउने विद्यालय पब्लिक एकेडेमी माविमा अक्षयकोषको स्थापना गर्नुभएको हो । पत्रकार तथा शिक्षक कोइरालाले आफ्नो स्वर्गीय हजुरबुबा एकनारायण कोइराला र स्वर्गीय हजुरआमा विन्द्राकुमारी कोइरालाको स्मृतिमा एकनारायण विन्द्रा अक्षय कोष स्थापना गर्नुभएको हो । 
अक्षयकोष स्थापना लागी विद्यालयकी प्रअ देवका रेग्मीलाई ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । कोइरालाले बालोदय आवासीय मावि र भाग्योदय माविमा पनि अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।  २०६३ साल देखी बालोदय मावि भिरकोट बाट अध्यापनको थालनी गर्नुभएका कोइरालाले हाल पब्लिक एकेडेमी माविमा अध्यापन गराउँदै आउनुभएको छ ।  
बालोदय आवासीय माविमा अध्यापन गराउने क्रममा पनि आफ्नो जन्मदिनको अवसर पारी भाई शेखर प्रसाद कोइराला र नारायण कोइरालाको नाममा ५५ हजार ५ सय ५५बराबरको अक्षय कोषको स्थापना गर्नुभएको थियो । स्र्माट अखबार अनलाईनका सञ्चालक समेत रहनुभएका कोईरालाले हरेक व्यक्तिले आफ्नो जन्मोत्सवमा समाजका लागी केहि नयाँ गर्ने प्रयास गरियो भने समाज परिर्वतन गर्न सकिने बताउनुभयो । अक्षय कोषबाट आउने ब्याज रकमले सोही विद्यालयमा अध्यनरत एसईई परीक्षामा ३.२ भन्दा बढी जिपिए ल्याई उत्तीर्ण हुनेलाई छात्रवृत्ति प्रदान गरिने छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...