समाचार
लायन्स क्लब अफ वालिङ सिटिद्धारा गर्भवती महिलाका लागी स्वास्थ्य सामाग्री
रेडियो आँधीखोला
वालिङ, १६ पौष ।
लायन्स क्लब अफ वालिङ सिटिले १० जना गर्भवती महिलाहरुका लागी स्वास्थ्य सचेतना तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार वालिङ ११ स्थित कागती भञ्याङ सहरी स्वास्थ्य चौकीमा एक कार्यक्रम गरी लियो क्लबको सहकार्यमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा वडा अध्यक्ष तथा क्लबका कोषाध्यक्ष डण्डपानी पंगेनीले लायन्स क्लब विसुद्ध सेवा भावका साथ अगाडि बढेको क्लब रहेको भन्दे स्वास्थ्यसंग जोडिएको कार्यक्रममा क्लबको योगदान अतुलनीय रहेको बताउनुभयो । क्लबद्धारा आयोजित यस कार्यक्रमले गर्भवती महिलाहरुलाई प्रत्यक्ष फाईदा पुग्ने भएकाले गर्भाअवस्था देखि नै स्वास्थ्य हेरचाह अति महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा क्लबका अध्यक्ष स्वां श्रेष्ठले गर्भवती अवस्थामा आउनसक्ने जटिलता, गर्भाअवस्थामा अपनाउनुपर्ने सरसफाई, पोषणलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्लबका जोन चियर पर्सन विजय कोईरालाले क्लबले गरेका सामाजिक तथा रचनात्मक कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पार्वती पंगेनी, संचालन लियो क्लबका अध्यक्ष संजोग थापा र धन्यवाद स्वास्थ्य चौकीका अहेब कमला खड्काले गर्नुभएको थियो ।