अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मुक्तिनाथ विकास बैंकले आफ्नो १९औँ स्थापना दिवस मनायो

रेडियो आँधीखोला
वालिङ, १९ पौष ।
मुक्तिनाथ विकास बैंकले आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । बैंकको वालिङ साखाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि मनाएको हो । २०६३ पुस १९ गते आफ्नो कारोबार शुरुवात गरेको अवसरमा बैंकको वालिङ साखाले पनि स्थापना दिवस मनाएको हो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले बैंकलाई राष्ट्रिय स्तरको उत्कृष्ट बैंकको रुपमा छिट्टै देख्न पाईयोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । 
बैंकका संस्थापक अध्यक्ष स्वा.खगेन्द्रराज रेग्मीको स्मरण गर्दै सभापति अर्यालले ग्रामिण क्षेत्रबाट शुरुवात भएका बैंकहरु अहिले  राष्ट्रिय स्तरको बैंक हुनु आँफैमा महत्वपुर्ण विषय भएको भन्दै बैंकले आगामी दिनमा थप उन्नति र प्रगति गरोस भन्ने कामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष खगुपति न्यौपाने, गरिमा विकास बैकका रिजनल म्यानेजर लेखनाथ भट्राई, कार्यक्रम संयोजक छविलाल पोख्रेल, ग्राहक दुर्गा शर्मा पंगेनीलगायतकोे सहभागिता रहेको थियोे । कार्यक्रमका साखा प्रमुख नविन काफ्रलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कर्मचारी उमा भण्डारीले गर्नुभएको थियो । 
त्यस्तै उता स्याङ्जाको चापाकोट नगरपालिका ९ मा रहेको चापाकोट क्याम्पसलाई मुक्तिनाथ विकास बैंकले एक लाख सहयोग गरेको छ । मुक्तिनाथ विकास बैंक १८ औँ वर्ष पुरा गरी १९ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैँया सहयोग गरेको वालिङ शाखा प्रमुख नविन काफ्लेले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा चापाकोट नगरपालिका ९ का वडा अध्यक्ष, क्याम्पस व्यवस्थापन समिति पदाधिकारीहरु, क्याम्पसका विद्यार्थीहरु, बैंकका कर्मचारीहरु लगायत स्थानीयको सहभागीता रहेको थियो । त्यसैगरी बैंकले चापाकोट नगरपालिका ९ दामाचौरमा रहेको जनहित माविलाई ३२ इन्चको टिभी र न्यानो कपडा वितरण गरेको छ । रामपुर बहुमुखी क्याम्पस धनधन्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ लाई नगद १५ हजार रुपैया पनि सहयोग गरेको वालिङ शाखा प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...