समाचार
वालिङ नगर निकट अनेरास्ववियुको प्रशिक्षण तथा भेला सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २० पौष ।
नेपाल कम्युनिष्ट पर्टी एमाले नगर कमिटि वालिङले अनेरास्ववियु निकट विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले नगर कमिटिको बार्षिक कार्य पात्रो अनुसार आज नेकपा एमाले वालिङ नगर कमिटिको पार्टी कार्यालयमा अनेरास्ववियु निकटका विद्यार्थीहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । भेला तथा प्रशिक्षण कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द«ीय कमिटि सदस्य तथा अनेरास्ववियु इन्चार्ज किशोर विक्रम मल्लले देशको मुख्य पार्टी नेकपा एमाले रहेको बताउदै सोही पार्टीको अध्यक्ष प्रधान मन्त्री भएर देशको नेतृत्व गरेकोले नेपाल समृद्धीको बाटोमा अगाडी बढेको बताउनुभयो ।
अनेरास्ववियु नेकपा एमालेको भातृ संगठन भएको नाताले सरकारले गरेका हरेक सकरात्मक कामलाई समर्थन गर्न र नकरात्मक कामको विरोध गर्नु विद्यार्थीहरुको महत्वपुर्ण भुमिका रहेको मल्लको भनाई थियो । देशमा हुने विकृतिविसंगतीको निम्ति अनेरास्ववियुले अनुेरास्ववियु निकट विद्यार्थीहरुलाई गोलबद्ध गर्दै जहाँ पनि अग्र पंतीमा नेतृत्व गर्ने भएकोले समग्र विद्यार्थीहरुलाई अनेरास्ववियुमा गोलबद्ध हुन आग्रह पनि गर्नुभयो । देशमा बढ्दै गएको नागरिकको नैरास्यताले विदेश पलाएन हुनेको संख्यामा बृद्धी हुँदै गएको तर्फ लक्षीत गर्दे मल्लले सरकारले स्वदेशमै रोजगारीको अवस्था सृजन गर्ने गरि काम गरिरहेको समेत बताउनुभयो ।
अनेरास्ववियु नै देशको पहरेदार भएको बताउदै मल्लले अनेरास्ववियुले पहिल्यै देखिनै उठाउदै आएको कालापानी,लिपुलेक,लिम्पियाधुरा अनेरास्ववियुकै अन्दोलनका कारण चुच्चे नक्सा सरकारले सार्वजनिक गर्न बाध्य भएको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै मल्लले यातायातमा भएको तेतीस प्रतिशत छुट, मनोरञ्जनमा भएको छुट, शैक्षिक प्रमाण पत्र राखी क्रिण लिने व्यवस्था जस्ता महत्वपुर्ण उपलब्धी अनेरास्ववियुकै आन्दोलन्का कारण उपलब्धी भएकोले शैक्षिक समान्ता र व्यवहारिक शिक्षा प्राप्तीको लागी अहिले पनि अनेरास्ववियु सडक आन्दोलनमै रहेकोले उतm आन्दोलनलाई सार्थकता दिन विद्यार्थी आन्दोलनको महत्वपुर्ण भुमिका रहेकोले अनेरास्ववियुले उठाएको मुद्धामा साथ दिन आग्रह समेत गर्नुभयो ।