अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

नेपाली कांगे्रसको एक सय दिने विषेश अभियान वालिङ ११ मा

news

 
रेडियो आँधीखोला
वालिङ, २२ पौष ।
नेपाली कांगे्रसको एक सय दिने विषेश अभियान अन्र्तगत वालिङ ११ मा कार्यक्रम गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले सय दिने विषेश अभियानले नागरिकका हरेक समस्याहरु र दुखसुखलाई नजिकबाट निलाल्ने र समाधान गर्ने अवसर प्राप्त भएको बताउनुभयो । नेपाली कांगे्रसको नेतृत्वमा गरिएको रचनात्मक कामलाई नागरिकलाई जानकारी गराउँदै उनीहरुको सामाजिक, आर्थिक, राजनितिक तथा विकासका समस्याहरुको पहिचान गरि समाधानका लागी अगाडि बढिने सभापति अर्यालले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, सय दिने विषेश कार्यक्रमका संयोजक तथा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्राई, सय दिने अभियानका सदस्य तथा महाधिवेसन प्रतिनिधि सुनिता उच्चै, नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश क का सचिव तथा वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनी, जिल्ला आमन्त्रित सदस्य दिपक न्यौपानेलगायतले अभियानले सबैको मनमनमा कांग्रेसको भावना जागृत हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डेले सय दिने विषेश अभियानका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम वडा सभापति टिकाराम पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति विमल अर्याल र संचालन सचिव सुरेश अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...