समाचार
त्रियाशी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीको साधारण सभा सम्पन्न
वालिङ, २७ पौष ।
त्रियाशी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्था लिमिटेड वालिङ १ त्रियाशीको १६औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभालाई सम्बोधन गर्दै कृषि निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक डा. बासुदेव रेग्मीले निर्देशनालयले उत्पादनको आधारमा कृषकलाई अनुदान दिने कार्यक्रमका लागी छलफल अगाडि बढाएको भन्दै यसबाट वास्तविक कृषकहरु लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, संस्थाका सल्लाहकार मोहन रेग्मी, वडा अध्यक्ष पदमराज गुरुङ, खेलकुद परिषद प्रदेश सदस्य गिरमान गुरुङ, नेपाल मौरी पालक महासंघ स्याङ्जाका अध्यक्ष श्यामप्रसाद अर्याल, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, राष्ट्रिय सहकारी बैंक वालिङ साखा प्रमुख टिकाराम अधिकारी, वडा सदस्य शोभाकान्त काफ्ले, कृषकहरुको तर्फबाट नारायणी रेग्मी र भुमिनन्द रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष अर्जुनप्रकाश अर्यालले अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन लेखा संयोजक चक्रबन्धु रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सुर्यप्रसाद काफ्ले र संचालन सचिव जैसरा रेग्मीले गर्नुभएको थियो ।