समाचार
३०३ औं पृथ्वी जयन्ती मनाईयो
वालिङ, २७ पौष ।
३०३ औं पृथ्वी जयन्ती स्याङ्जामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा वालिङमा राष्ट्रिय प्रजातन्त्र पार्टी वालिङ नगरकमिटिले एक कार्यक्रम गरी मनाएको हो । कार्यक्रममा राप्रपाका क्षेत्रिय सचिव पुष्पकमल रेग्मी हरिले पृथ्वीनारायण शाहले भुरेटाकुरे राज्यलाई एकता गरी सिंगो नेपाल निर्माण गरेको स्मरण गर्नुभयो । कार्यक्रम राप्रपा वालिङ नगर अध्यक्ष युक्तप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उता भीरकोटमा पनि एकता दिवस एक कार्यक्रम गरि मनाईएको हो । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँले दिनुभएको दिव्योपदेशको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसि, नेपाली काँग्रेस भीरकोट नगर सभापति याम प्रसाद अधिकारी लक्ष्मण, जर्नेल भगवान खत्री, पाइलट मदन केसि लगायतले पृथ्वी नारायण शाहले नेपाल एकीकरणमा पुर्याउनु भएको यागदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्थानीय हर्क बहादुर रोकाह, पृथ्वी जयन्ती कार्यक्रमका संयोजक इन्द्र प्रसाद अर्यालले सहयोग तथा समन्वय गर्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।