समाचार
रचना वाचन श्रङ्खलाको ८०औँ रचना वाचन
वालिङ, २७ पौष ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचन श्रङ्खलाको ८०औँ रचना वाचन सम्पन्न भएको छ । राष्ट्रिय एकता दिवसको अवसर पारी प्रष्ठिानले ८०औँ रचना वाचन सम्पन्न गरेको हो । कार्यक्रममा दिलिप तिवारीले गजल, चण्डिकाप्रसाद भट्टराईले हाइक्यु, सुर्यप्रसाद डुम्रेले कविता, कमल बगालेले कविता, सिताराम अधिकारीले पृथ्वीनारायण शाहको कविता, ढालबहादुर केसीले सन्दर्भ, दमकला बगालेले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका संस्थापक डा. अच्युतशरण अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल र स्वागत सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।