समाचार
वालिङ चेम्बर अफ कमर्सको दोस्रो अधिवेसनद्धारा न्यौपानेको अध्यक्षतामा समिति गठन
वालिङ, २७ पौष ।
वालिङ चेम्बर अफ कमर्सको चौँथो साधारण सभा तथा दोस्रो अधिवेसन शनिबार वालिङमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन नगरप्रमुख कृष्ण खांणले गर्नुभएको थियो । अधिवेसनलाई सम्बोधन गर्दै वालिङका व्यापारी व्यवसायको हकहितको लागी चेम्बरले अहम भुमिका खेल्नुपर्ने भन्दै निजि क्षेत्रले देशको अर्थतन्त्रलाई धानेको बताउनुभयो ।
कार्यक्रमा वडा नं. ९ का अध्यक्ष अमृत श्रेष्ठ, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेसनले पुनः प्रकाश न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । चेम्बरको उपाध्यक्षमा मणिप्रसाद पंगेनी, पुष्पा अर्याल र विरबहादुर गुरुङ रहनुभएको छ भने महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ कोषाध्यक्षमा किरण खांण र सहकोषाध्यक्ष सृजना श्रेष्ठ रहनुभएको छ ।