अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सुनिता थापालाई बधाई तथा सम्मान

 
वालिङ, २७ पौष ।
नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाले गण्डकी प्रदेश सभा सदस्य सुनिता थापालाई बधाई तथा सम्मान गरेको छ । शनिबार वालिङमा एक कार्यक्रमको आयोजनाको गरी थापालाई सम्मान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले सम्पूर्ण जनजाती, महिला, फरक क्षमताका सम्पूर्णलाई समेटेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले आगामी दिनमा कार्य सम्पादन गर्ने क्रममा निष्ठा, ईमान्दारिता र कर्तब्यबोध गर्न सदैव सल्लाह सुझावलाई आत्मसात गर्ने प्रतिवद्धता जनाउनुभयो ।
 
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय प्रतिनिधि चन्द्र रानाले महिला तथा मगर समुदायबाट फरक क्षमताकी स्याङ्जाली चेली गण्डकी प्रदेश सभाको सदस्यमा मनोनित हुनुभएकोमा सम्मान गर्दै बधाई तथा सफलताको कामना गर्नुभएको थियो ।
 
मगर संघका महाधिवेशन प्रतिनिधिहरु ईन्द्रबहादुर मास्की, धनकुमारी थापा नेपाल मगर संघ वालिङ नगर अध्यक्ष रत्नबहादुर पल्ली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाका कार्यवहाक अध्यक्ष दिलकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव केशबहादुर थापाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...