अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विगत एघार वर्षदेखि निरन्तर कृषि कर्ममा कमलापति

 
वालिङ, २९ पौष ।
स्याङ्जाको वालिङ १४ हुल्काङका कमलापति डुम्रे विगत एघार वर्षदेखि निरन्तर कृषि कर्ममा रमाउँदै आउनुभएको छ । कृषक डुम्रेले साढे ५ रोपनी जमिनमा तरकारी खेती गरी राम्रो आम्दानी लिंदै आउनुभएको छ । डुम्रेले मौसमी तथा बेमौसमी विभिन्न जातका तरकारी उत्पादन तथा बिक्री गर्दै आउनुभएको हो । 
बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काँक्रा, मुला, भेण्टा, घिरौंला, करेला, टमाटर, आलु लगायतका मौसमी तथा बेमौसमी याममा उत्पादन गरेको तरकारी बिक्रीबाट वार्षिक ६ लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ ।
‘प्रगतिशिल कृषि फर्म’ दर्ता गरी व्यवसायिक तरकारी खेतीमा लाग्नु पूर्व पनि उहाँले तरकारी खेती गरिरहनुभएको थियो । 
“तरकारी खेतीको साथसाथै कागती, सुन्तला र अमिलो पनि लगाएको छु, खोरमा स्थानीय खरी जातका १८ वटा वाख्रा पनि छन्” उहाँले भन्नुभयो “यसअघि खाद्यान्नको व्यापार गरेको थिएँ अपेक्षा अनुकसार राम्रो आम्दानी नभएपछि कृषि कर्म गर्ने सोंच पलायो र कृषि कर्म गर्न थालें, आम्दानीको मुख्या स्रोत नै अहिले कृषि हो ।”
यहाँ उत्पादन भएको धेरैजसो कृषि उपजहरु पर्वतको हातेमालो चोक लगायतका बजारहरुमा खपत हुने गरेको छ । केही मात्रामा वालिङ बजारमा पनि खपत हुने गरेको छ । आँफुले थालेको कृषि कर्मबाट सफलता हात परेसँगै पछिल्लो समय गाउँमा अन्य ब्यक्तिहरुले ब्यवसायिकरुपमा तरकारी उत्पादन गर्न थाल्नुभएको उहाँले बताउनुभयो ।
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...