अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

बलमाटा खिलुङ सडक शिलन्यास

 
वालिङ, १ माघ ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले भीरकोट ७ को बलमाटा, तिलहार, खिलुङ ग्रामीण सडक कालोपत्रे हुने बताउनुभएको छ । मंगलबार भीरकोट७ तिलहारमा उक्त सडकको शिलान्यास गर्दै उहांले यस्तो बताउनुभएको हो । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने यो सडक २ किमि लम्बाईको छ । सभापति अर्यालले यो सडक स्तरोन्नती नहुदाँ खिलुङवासीले दुख पाएको बताउँदै रणनीतिक रुपमा पनि यो सडक खिलुङवासीका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयोे । खिलुङ, तिलहार, बलमाटा, हेलु हुँदै सिद्वार्थ राजमार्गसँग जोडिने यो सडक निर्माण भएपछि किसानको बारीबाटै किसानका उत्पादन बजारसम्म पुर्याउन सकिने सभापति अर्यालको भनाइ छ ।
अर्यालले महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिनुभयो । विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उहांको भनाइ छ । 
५ करोड रुपियाँमा निर्माण सम्पन्न हुने यो सडक २०८२ को असार मसान्तसम्म निर्माण कम्पनी सान्दार निर्माण सेवाले पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ । शिलान्यास कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्य, नेपाली काङग्रेस भीरकटका सभापति यामप्रसाद अधिकारी, भीरकोट ७ का वडाध्यक्ष तारा अर्याल लगायतले बोलेका थिए । उक्त सडक कालोपत्रे गर्नका लागि धेरै पटक पहल भएपनि सडक कालोपत्रेको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...