अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङ बचतको नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीद्धारा सपथ

 
वालिङ ४ माघ ।
रेडियो आँधीखोला,
वालिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ८ का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । २३औँ साधारण सभा तथा ७औँ अधिवेसनद्धारा निर्वाचित अध्यक्ष खगेन्द्रप्रसाद अर्याल तथा पदाधिकारी एवं सदस्यहरुले पदस्थापन तथा सपथ ग्रहण गर्नुभएको हो । पुस २६ गते सम्पन्न अधिवेसनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । 
 
सपथ ग्रहण समारोहमा संस्थाका निर्वतमान अध्यक्षहरु कर्णबहादुर श्रेष्ठ, संस्थापक अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, दिपक लम्साल, लेखा संयोजक भिमप्रसाद पंगेनीले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीमा देखिएको समस्या, ऋण असुल नभएका समस्याहरुको समाधान लागी सबै मिलेर अगाडि बढ्नुपर्ने निर्वतमान सचिव गुणनिधि काफ्लेले जोड दिनुभयो । 
 
संस्थाले कर्जा लिएर नियमित नगर्ने सदस्यहरुको घरआँगनमै पुगी चेतनामुलक तथा जिवन जिउने कला सम्बन्धी भजनकृतन गर्ने भएको छ । संस्थाले सकरात्मक रुपमा आफ्ना सदस्यहरुलाई जागरुक गर्दै कर्जा नियमित तिर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागी यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो । यस्तो निर्णय नेपालकै सहकारीहरु मध्ये नौलो निर्णय भएको संस्थाको दावी छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...