अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

news

 

माघ ७, जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने डाक्टरले बताएका छन् ।

प्लास्टिक सर्जन डा.जसवन शाक्यका अनुसार लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी हुने र कोठा सुक्खा हुने हुँदा श्वासप्रश्वास र निसासिने लगायतका समस्या देखिन सक्छ ।

विद्युतीय उपकरणहरू हावा ओहोरदोहोर गर्ने ठाउँमा राख्न र उपकरणको प्रयोग बढीमा एक घण्टासम्म मात्र गर्न उहाँको सुझाव छ । साथै दम र एलर्जी भएका व्यक्तिहरूलाई हिटरको प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्या थप बढ्न सक्ने उहाँले बताउनुभयो ।

विद्युतीय उपकरणले जलन र दुर्घटनाको जोखिम पनि निम्त्याउन सक्ने भएकाले बालबालिका र जेष्ठ नागरिकलाई यस्ता उपकरणहरूबाट टाढा राख्न उहाँको सुझाव छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...