अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आर्जुनचौपारीमा एकीकृत शिविर, मंगलबार वडा न ४मा

 
वालिङ, ८ माघ ।
अर्जुनचौपारी गाउँपालिकाले समुदायस्तरमा नागरिकता तथा घटनादर्ता लगायतका सरकारी कागजातको समस्या समाधान गर्ने उद्देश्यले समस्या समाधान कार्यक्रम एवम् एकीकृत शिविर सञ्चालन गरिरहेको छ । शिविर अन्तर्गत हिजो वडा न ४ को वडा कार्यालयबाट सेवा प्रदान गरेको छ । शिविरमा स्वास्थ्य शाखातर्फ १९५ जनाको स्वास्थ्य परिक्षण, ९ खानेपानीको श्द्धता परिक्षण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा तर्फ १२२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ३ जनालाई अपाङ्गता परिचय पत्रको निवेदन संकलन, रोजगार साखा अन्र्तगत बालश्रम घरधुरी सर्वेक्षण तथा रोजगारीको स्थिति नक्साङकन २६४, कृषि साखा अन्र्तगत समस्या पहिचान, परामर्श तथा भिटामिन वितरण ६०, पशु सेवा तर्फ ९४ वटा समस्या पहिचान, १४८ गोबर परिक्षण, २३५ औषधी वितरण, ५७ वटा आकस्मिक उपचार सेवा प्रदान गरिएको छ । 
 
त्यस्तै, शिक्षा तर्फ २८५ जना विद्यार्थी र २७ शिक्षक गरी ३१२ जनासंग शैक्षिक छलफल तथा अन्तरक्रिया, १८० जनाको आँखा उपचार सेवा र  पञ्जिकरणतर्फ ३५ वटा नागरिकता तथा घटना दर्ता लगायतका सरकारी कागजातको समस्या पहिचान गरी १५ वटा समस्याको सहजीकरण तथा समाधान कार्य सम्पन्न गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । माघ २ गतेदेखि सुरु भएको पालिकाका बासिन्दाका टोल टोलमा पुगेर नागरिकता तथा घटना दर्ता लगायतका सरकारी कागजातको समस्या पहिचान, सहजीकरण र समस्या समाधान कार्यक्रम तथा एकिकृत शिविर माघ १६ सम्म सञ्चालन हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...