समाचार
प्रमुख जिल्ला अधिकारीद्धारा पत्रकारहरुसंग समसामियक विषयमा छलफल
रेडियो आँधीखोला
वालिङ, ९ माघ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पत्रकारहरुसंग समसामियक विषयमा छलफल तथा अन्र्तक्रिया गर्नुभएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुसंग छलफल, अन्र्तक्रिया तथा नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाई कार्यक्रमको आयोजना गरिएको थियो । प्रजिअ नेपालले
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पत्रकारहरुले समाजमा लुकेर रहेका समस्या, विकृत्ति र विसंगतिलाई उजागर गर्दै सभ्य समाज निर्माणमा अहम भुमिका निर्वाह गरेको बताउनुभयो । प्रशासनले समाजमा सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेको भन्दै पत्रकारका जिज्ञासाका विषयमा प्रष्ट्याउनुभएको थियो । साथै प्रजिअ नेपालले प्रशासनले प्रत्येक महिनामा बजार अनुगमन गर्ने, मनसुन जन्य बिपदमा परेको हकमा राहत, उद्धार र पुर्ननिर्माणको काममा जुटेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपि हरिप्रसाद पौडेलले पत्रकारले राखेका सवारी भाडा, सिट क्षमताभन्दा धेरै यात्रु राख्ने, जुवातासलगायतका जिज्ञासामा यस्ता अवैध कार्य भएको देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्दै यसका लागी प्रहरी एक्लैको प्रयासमा संभव नभएको भन्दै नागरिकले पनि साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईराला,निर्वतमान अध्यक्ष तथा प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, पत्रकार अर्जुन काफ्ले, जोगराज पाठक, हिमलाल पराजुली, गोपाल जिटि, तोलाकान्त बगालेलगायतले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले गर्नुभएको थियो ।